बाग्लुङमा ऐतिहासिक कालिका भगवति चैत्राषटमि मेला संचालन हुँदै
काठमाडौं – बाग्लुङमा ऐतिहासिक चैत्राषटमी मेला संचालन हुने भएको छ। यहि चैत ३० देखि बैशाख ६ गते सम्म विभिन्न कार्यक्रमका साथ बाग्लुङमा चैत्राषटमी मेला संचालन हुने लागेको हो।
कालिका भगवति गुठी व्यबस्थापक समिती बाग्लुङले आयोजना गरेको उक्त मेलामा विभिन्न कार्यक्रम हुने जनाईएको छ।
कार्यक्रमको प्रमुख अतिथीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्तिथि रहने जनाइएको छ।
कक्कु रेस्टुरेन्ट आत्मज्ञान सामाखुसी काठमाडौमा भएको पत्रकार भेटघाट कार्यक्रममा ख्यातिप्राप्त कलाकार देखि पत्रकारहरुको उपस्थिति थियोे ।
कार्यक्रमलाई ग्लोबल आईएमई बैंकले प्रथम आयोजक गरेको र बागलुङमा रहेका नगरपालिका गाउँपालिकाले पार्योजन गरेको छ।
कालिका भगवति गुठी व्यबस्थापक समिती मेलाला अध्यक्ष कुमार खड्काले बताए । बागलुङमा रहेको कालिका भगवति मन्दिर र त्यहाँका विशेषता १५९१ देखीको ईतिहास रहेको अध्यक्ष खडकाले बताए ।
मेलामा ३७ बढी टिमले विभिन्न कार्यक्रम प्रस्तुत गर्ने र हाल सम्म १५ वटा टिम दर्ता भैसकेको पनि अध्यक्ष खड्काले जनाए ।
उक्त मन्दिरको नाममा चर्चित गायक गायिकाले सयौ गीत निकालीसकेका छन।
बाग्लुङको कालिका भगवति मन्दिरको ऐतिहासिक विशेषताको लागि सबै मेला हेर्न आउनपनि अध्यक्ष खड्काले निमन्त्रणा गरे।
आजको पत्रकार भेटघाट कार्यक्रमको होस्ट गायक राजेश बर्देवाले गरेका थिए । चैत २३