भिसा सकिएर नेपालमा अवैधरूपमा बसेका दश बङ्गलादेशी नागरिक प,क्राउ
चैत २६
काठमान्डौ – भिसा सकिएर नेपालमा अवैधरूपमा बसिरहेका १० जना बङ्गलादेशी नागरिक प,क्राउ परेका छन।
विभिन्न मितिमा नेपाल प्रवेश गरी भिसा सकिए पनि अवैधरूपले बसोबास गर्नुका साथै शङ्कास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा खोजी गर्दा १० जना बङ्गलादेशी नागरिक प,क्राउ परेका हुन।
काठमान्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीका अनुसार प्रहरीको विशेष टोलीले काठमान्डौको सोह्रखुट्टे तथा ठमेल क्षेत्रबाट उनीहरूलाई प,क्राउ गरेको थियो ।
प,क्राउ परेकाहरूलाई अनुसन्धान तथा कारबाहीका लागि आज अध्यागमन विभाग, कालिकास्थान पठाईएको एसपी रेग्मीले बताए ।
यसअघि पनि शङ्कास्पद गतिविधि गरिरहेको पाएपछि प्रहरीले पाँच जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरी अध्यागमनलाई बुझाइएको थियो ।
पछिल्लो समयमा बङ्गलादेशी नागरिकलाई युरोप पठाउने भन्दै नेपालमा ल्याएर बन्धक बनाउने तथा अवैधरूपमा नेपाल बस्ने घटना देखिन थालेकाले निगरानी बढाएको छ।