चैत्राष्टमी मेला नव वर्ष विशेष साँझ ३० गते अन्जु पन्त आउने
काठमान्डौ – गन्तव्य बाग्लुङ कालिका ,कला संस्कृतिको प्रदर्शन ,स्थानिय उत्पादन ,व्यापार र पर्यटन पर्वर्द्धन ” भन्ने मुल नाराका साथ संचालन हुन लागेको चैत्राष्टमी मेला बाग्लुङको पहिलो दिन अर्थात ३० गते नव वर्ष साँझ हुने भएको छ ।
आयोजक का अनुशार ३० गते लोकप्रीय गायिका अन्जु पन्त को कर्णप्रीय स्वर रातीको १२ बजे सम्म गुन्जिने भएको छ ।
त्यसै गरी चैत्र ३० गते अन्य चर्चित कलाकारहरुमा हिमाल सागर ,योगेश काजि शाह ,कमेडि राजा राजेन्द्र पोखरेल ,पार्वति जिसि ,कुमार पुन, चन्दा अर्याल ,इन्द्रा गुरुङ धुर्व जिसि ,सिर्जना कुवर ,निरा थापा ले मनोरन्जन दिने अध्यक्ष कुमार खड्काले बताए ।
कार्यक्रम २०८० चैत्र ३० गते देखि २०८१ वैशाख ६ गते सम्म
कालिका मन्दीर बाल उधान परिसरमा हुने भएको छ।
कार्यक्रमको आयोजना कालिका भगवती गुठी व्यवस्थापन समिति बाग्लुङले गरेको हो।
कार्यक्रमका आकर्षण हरु,
*कालिका कप खुल्ला राष्ट्रीय भलिबल प्रतियोगिता
*खुल्ला राष्ट्रीय लोक दोहोरी प्रतियोगिता
* विध्यालय स्तरिय नृत्य प्रतियोगिता
* छेलो प्रतियोगिता
*म्याराथन दौड
* रमाईलो मेला
*रथ यात्रा
* बाल उधान
* प्रत्येक दिन कलाकारहरुको प्रस्तुती
चैत २८