Gold
Bangad salyan

बाग्लुङे समाज युकेद्वारा क्यान्सर पिडित किशोरीलाई आर्थिक सहयोग

चैत २९

काठमान्डौ – बाग्लुङे समाज् युके ले दुखि असहाय र बिरामी लाई निरन्तर रुपमा हातेमालो गर्दै सहारा दिदै आइरहेको छ ।

क्यान्सर सँग लडिरहेकि बाग्लुङकि नानु रेडिमा काउचाको जिवन रक्षाको लागि यतिबेला लगभग तिन लाख रुपिया एक सानो भेटघाट कार्यक्रमका विच काठमाडौं को सामाखुशि स्थित कुक्कु लाउन्ज एण्ड रेस्टुरेन्टमा बिरामीलाई हस्तान्तरण भएको छ ।

बाग्लुङे समाज बेलायत युकेका निवर्तमान अध्यक्ष छविमाया पुनको रोहवरमा महासचिव सेर पुन ,कोषाध्यक्ष हिरा पुन ,सहकोषाध्यक्ष जंग पुन ,सदस्य दल थापा र मिडिया सेक्रेटरी बिशन थापा को स्मन्वयमा र विशन थापाको प्रत्यक्ष उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको हो ।

बहुचर्चित युवा गायक तथा संगीतकार युवराज मगर, गायक तथा प्रस्तोता राजेश बर्देवा , वरिस्ठ गायिका दिलु सलामि मगर ,गायिका तारा श्रीष मगरले संयोजन गरेको भेटघाटमा बिशन थापा र उनका धर्मपत्निलाई सम्मन पत्र र दोसल्लाले सम्मान समेत गरेका थिए ।

कार्यक्रममा बोल्दै गायिका तारा श्रीष मगरले सहयोग गर्ने  सम्पुर्ण बाग्लुङे समाज युके परिवार प्रति धन्यवाद व्यक्त गरेकी थिईन भने क्यान्सर पीडितले पनि सहयोगी मनप्रती हार्दिक धन्यवाद गरिन।