रुकुम चौरजहारी

आफ्नै छोराबुहारीले ७० वर्षीय वृद्ध बाउलाई जङ्गलमा छोडेर आए

रुकुम आठ विसकोट

विराटनगर – मोरङको बेलबारी ७ का ७० वर्षीय जामुनलाल झाँगडलाई आफ्नै छोराबुहारीले जङ्गलमा छोडेको पाइएको छ ।
४ दिन अगाडि छोराबुहारीले मोटरसाइकलमा हालेर बेलबारी चिसाङ साझेदारी जङ्गलको बिचमा छोडेको उनले बताएका हुन् ।
उनले चारदिन जङ्गलमै रात कटाएका थिए । बेलबारी चिसाङ साझेदारीको गस्ती टोलीले मंगलबार बिहान वृद्धलाई भेटेर उद्धार गरेको हो । उनलाई सब डिभिजन वन कार्यालय सलकपुरका गणेश कार्की, राजेन्द्र घिमिरे, बेलबारी चिसाङ साझेदारीको कमान्डर मुरारी काफ्ले तथा बेलबारी नगरपालिकाका सन्तोष विकसहितको टोलीले उद्धार गरेको थियो ।

उद्धारपछि उनलाई बेलबारी नगर अस्पतालमा उपचार गराइरहेको वन समितिका अध्यक्ष दिनेश गिरीले बताए ।
वृद्धको शरीरको भागमा चोट देखिएको र उनी धेरै बोल्न नसक्ने अवस्थामा रहेको गिरीले बताए । बेलबारी नगरपालिका–७, डाँगी टोलमा बस्दै आएका वृद्धका छोराबुहारीको खोजी भइरहेको वडाध्यक्ष सुनिता चौधरीले बताइन् । घटनाको बारेमा सोधिखोजी सुरु गरेको उनले बताइन् ।

चौधरीका अनुसार बेलबारी ७ स्थित एक आफन्त कहाँ आउजाउ गरिरहने वृद्ध सुन्दरहरैँचास्थित कोरियाडाँगी भन्ने ठाउँमा बस्दै आएका थिए । जेठो छोरासँग बस्दै आएका उनका कान्छा छोरा भने भारतको पञ्जाबमा रोजगारका सिलसिलामा रहेको बताइएको छ । एक साताअघि छोराकोमा जान्छु भनेर बेलबारीस्थित आफ्नाको घरबाट हिँडेका वृद्धलाई त्यसपछि जंगलमा छाडिएको हुनसक्ने वडाध्यक्ष चौधरीले जानकारी दिइन् ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालका अनुसार वृद्धका परिवारको खोजी भइरहेको छ । सेतै फुलेका दाह्री र कपाल रहेका वृद्ध पातलो टिसर्ट र हाफपाइन्टमा फेला परेका थिए । उनले चार दिनदेखि पानी मात्र पिएर बसेको बताएका छन् । साउन २