रुकुम चौरजहारी

मैले कुनै सहकारीबाट ऋण लिएको छैन : रवि लामिछाने

रुकुम आठ विसकोट

काठमान्डौ – राष्ट्रिय स्वतन्त्रता पार्टीका अध्यक्ष रवि लामिछानेले आफुले सहकारीबाट कुनै पनि ऋण नलिएको बताएका छन।

संसदीय समितिले बयान लिने क्रममा रवि लामिछाने भने मैले कुनै पनि सहकारीबाट ऋण लिएको छैन, अरुले लिएको ऋणको जिम्मा म लिन सक्दिन।

उनले बयानमा थप भनेका छन ‘मलाई जीबी राईको सहकारी थियो भन्ने समेत जानकारी थिएन। उनीसम्पत्ति भएको मान्छे नै होला भन्ने लागेको थियो कहाँ के सहकारी छ भन्ने थाहा थिएन।

सहकारीको पैसाले गोरखा मिडिया नेटवर्क चलाएको भन्ने पनि मलाई थाहा भएन। मलाई कुनै जानकारी थिएन। मलाई मासिक रूपमा पाँच लाख तलब र १५ प्रतिशत सेयर दिने भनेर लगिएको हो। मैले सेयरमा समेत लगानी गरेको छैन।

जीबी राईले आफैले मलाई तलब स्वरूप सेयर १५ प्रतिशत दिएका हुन्। पाँच लाख तलब दिन्थे म लिन्थेँ। एउटा कामदारले पैसा पाएपछि कहाँबाट ल्यायो ? किन ल्यायो ? कसरी ल्यायो भन्ने सोधपुछ गर्ने कुरा नै भएन। कहाँबाट उनको पैसा आउँथ्यो, त्यो मैले सोध्ने कुरै भएन उनले बयानमा भनेका छन। भदौ ८