मन्त्री पद बेच्ने दिपक मनाङको अभिव्यक्तिले राजनीतिमा तरङ्ग
भदौ १८
काठमान्डौ – निवर्तमान मन्त्रि दीपक मनाङेले मन्त्रालय बेच्ने अभिव्यक्ति दिएका छन् ।
उनले पद लिन दुई-चार करोड बुझाउनु त सामान्य हो भन्दै किन्ने मान्छे पाए बेच्ने हो भन्ने अभिव्यक्ति दिएका हुन।
पैसा नदिई र नकिनी मन्त्रि हुन कहाँ पाइन्छ । यहाँ मात्र होइन, केन्द्रमा पनि मन्त्रि हुन पैसा तिर्नुपर्छ । नेपालमा पैसा नतिरी पाइने के छ भन्नुस त, त्यसमा पनि पद लिनका लागि ।
पद लिनका लागि दुई-चार करोड बुझाउनु सामान्य कुरा हो । अझ तपाई पत्रकार सबै कुरा थाहा हुनुपर्ने हो । तपाईले किन्ने भए आउनुहोस सस्तोमा दिइदिन्छु । होइन मैले मन्त्रालय बेच्दै छु, अब कांग्रेस डेढ करोड जति दिन आइसक्यो, एमालेसंग पनि तिन मागिरहेको छु, मन्त्रालय नभन्ने, पैसा लिने प्लान छ मेरो ।
अब मन्त्रालय जाने होइन बेचिदिने हो । अहिले यहाँ पैसवालहरु छन् नि त मन्त्रि नपाएका धेरैजसो बिचारा ।
त्यस्तालाई दिने कि भन्ने प्लान गरेको छु , खै कांग्रेसले डेढभन्दा दिएन, त्यहि त छ टेन्सन । एमाले त ३ दिन सक्छ तर एमालेसंग पैसा छैन होला बिचार सबै भिकारी टाइपको छ त्यो ।
मेरो मुख्यमन्त्रीसंग कुरा गर्ने काम होइन, म कहाँ दुनिया सबैसंग कुरा गर्न सक्छु । छोडिएको छु, मलाई चाहिँदैन यार ।
मैले तल मनाङको सांसदलाइ दिनु भनेको छु । सरकारलाई सपोर्ट गरेकै छु, सरकारमा किन जान पर्यो र ? अब नजाने अल्छि लाग्यो भन्दै उनले दिएको अभिव्यक्ति अहिले बाहिरीएको हो।