वाईफाईको तिर्ने पैसाले रक्सी खाएपछी विवाद श्रीमतिको ह,त्या
भदौ २६
वीरगञ्ज – वाईफाइको तिर्ने पैसा लगेर रक्सी खाएपछि विवाद हुँदा श्रीमानले श्रीमतिको ह,त्या गरेका छन।
मंगलबार राति पौने आठ बजेको समयमा निजगढ नगरपालिका, ९ बस्ने विमलकुमार बस्नेतले आफ्नी श्रीमती लक्ष्मी राईलाई खुर्पा प्रहार गरेर ह,त्या गरेका हुन्।
राति रक्सी खाएर घर आएको क्रममा श्रीमान श्रीमतीबीच वाइफाइको पैसा तिर्ने कुरालाई लिएर विवाद भएको थियो।
बाराका प्रहरी प्रबक्ता डिएसपी प्रकाश सापकोटाका अनुसार वाइफाइको रिचार्ज गर्न पैसा नभएको रक्सी खान कहाँबाट पैसा आयो भनी लक्ष्मीले प्रश्न गरेपछि विमलले खुर्पा प्रहार गरी ह,त्या गरेका हुन्।
विवाद छुट्टाउन गएका दुई जना छोरीहरूमाथि पनि विमलले प्रहार गरेका थिए । सो क्रममा १८ वर्षीया गंगा र १५ वर्षीया छोरी जमुना घाइते भएका छन्।
घाइतेमध्ये जमुनालाई वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचार पछि थप उपचारको लागि काठमाडौं पठाइएको तथा उनको अवस्था गम्भीर रहेको सापकोटाले बताए।
खुर्पा प्रहार गर्ने विमललाई पक्राउ गरी घटनाको बारेमा थप अनुसन्धान अघि बढाइएको उनले बताए।