Gold
Bangad salyan

दुर्गा प्रसाईं पक्राउ परेपछि आज देशभर आन्दोलनको तयारी

भदौ ७

काठमान्डौ – दुर्गा प्रसाईं पक्राउविरोधमा आज देश भर आन्दोलन हुने भएको छ।

सामाजिक संजालमा लेखेको भरमा केपि ओली सरकारले प्रसाईलाई हिजो निवासबाटै पक्राउ गरेको थियो ।

प्रसाईले राज्यले गरेको अपमान, देशमा व्याप्त भ्रष्टाचार, गरिबी, महंगीका बिरुद्ध, सहकारी र लघुबित्त पिडित नागरिकको पक्षमा आवाज उठाउँदै आएका छन।

विज्ञप्ती
आदरणीय आमा बुवा दाजुभाई तथा दिदिबहिनीहरु सादर नमस्कार । आज भएको घटनाको सन्दर्भमा कोहि पनी अनबिज्ञ हुनुहुन्न होला । यो देशका नागरिकलाई राज्यले गरेको अपमान, देशमा व्याप्त भ्रष्टाचार, गरिबी, महंगीका बिरुद्ध, सहकारी र लघुबित्त पिडित नागरिकको पक्षमा आवाज उठाउँदा सामन्त केपी सरकारले झुटो मुद्धा लगाई मलाई पक्राउ गरेर साईवर व्युरो, वीर अस्पताल हुँदै अहिले सम्मानित जिल्ला अदालतमा ल्याएको छ । म अदालतमा रहँदै मैले थाहा पाएको छु, हाम्रो अभियानका ३ सय भन्दा धेरै अभियन्ता साथीहरुको घरमा प्रहरी गई धरपकड गर्ने, खानतलासी गर्ने, धम्काउने जस्ता गतिविधी गरिरहेको छ । भ्रष्ट केपी सरकार मलाई हिरासतमा राख, कुटपिट गर, मानसिक यातना दे केहि छैन जनताको मुक्तिका लागी लडेको हुँ मर्न संग डराउँदिन तर मेरा प्यारा अभियन्ता साथीहरुलाई सामान्य मात्रै क्षती पुग्यो भने त्यसको मुल्य महँगो पर्ने छ । हाम्रा अभियन्ता साथीहरु माथी भएको हिँसाको विरुद्ध भोली असोज ७ गते सोमवार देखी देशभर चरणवद्ध आन्दोलन गर्नेगरी साथीहरुले तयारी थाल्नुभएको छ । आन्दोलनको स्वरुप र कार्यक्रम छिटै सार्वजनिक गरिने छ । कोहि पनी हतात्साहि नहुनु, नागरिक बचाउने यो अभियान म रहेनछु भनेपनी रहने छ ।

दुर्गा प्रसाई
संयोजक ः राष्ट्र राष्ट्रियता, धर्म सस्कृती तथा नागरिक बचाउ महाअभियान ।