रुकुम चौरजहारी

दशैको दिन गोरखामा महिलामाथि खुकुरी प्र,हार गरि ह,त्या,

रुकुम आठ विसकोट

गोरखा – गोरखाको च्याङ्लीमा खुकुरी प्रहार गरी एक महिलाको घरैमा ह ,त्या ,भएको छ ।

गए राति १२ बजेतिर पालुङ्टार नगरपालिका, ७ पुर्ने पिपलस्थित आफ्नै घरभित्र अपरिचित व्यक्तिको खुकुरी प्रहारबाट २८ वर्षकी रश्मि कुमालको ह,त्या, भएको प्रहरीले जनाएको छ ।

घटना भए लगत्तै डुम्रेस्थित लक्ष्मी सामुदायिक अस्पतलामा सामान्य उपचारपछि राति २ बजे दमौली अस्पताल पुर्‍याउँदा अस्पतालले मृत्यु घोषणा गरेको प्रहरीले जानकारी दिएको हो।

घटनास्थलमा अस्थायी प्रहरी पोस्ट बिरुवाटार र ईलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको छ ।

मोबाइल एसएमएस जाँच गर्दा घटनामा संलग्न व्यक्तिको पहिचान खुलेको तर उनी राति नै फरार भइसकेको प्रहरीले जनाएको छ ।

रश्मीका श्रीमान विदेशमा रहेको र उनकै आफन्त घटनामा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसंधान भैरहेको पनि प्रहरीले जनाएको छ।