रुकुम चौरजहारी

बिदेश पठाईदिने भन्दै चालीस जनाबाट ५ करोड ठगी गरेर विदेश बसेकी महिला प,क्राउ

कार्तिक २०

रुकुम आठ विसकोट

काठमान्डौ – वैदेशिक रोजगारीमा ठगी गरेर फरार भएकि महिलालाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको छ ।

इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएकि सिन्धुपाल्चोक मान्खा ठेगाना भएकी बिनु शाक्यलाई इन्टरपोलको कम्बोडिया शाखासँगको समन्वयमा पक्राउ गरी नेपाल ल्याईएको हो।

ठगी मुद्दामा कारबाही गरि स्वदेश ल्याइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

शाक्यले वैदेशिक रोजगारीमा सिङ्गापुर पठाइदिन्छु भन्दै ४० जनाभन्दा धेरै व्यक्तिबाट पाँच करोड दुई लाख ९४ हजार रुपैयाँ ठगी गरी फरार थिइन् ।

आरोपी बिनु शाक्य र उदयपुर त्रियुगा नगरपालिका–१० ठेगाना भएका सुजन आचार्यलाई पक्राउ गर्नका लागि २०८० माघ १९ गते रेड नोटिस जारी भएको थियो । सुजनलाई गएको कात्तिक ९ गते नेपाल फिर्ता ल्याइएको थियो ।