विप्लव’ नेतृत्वको नेकपाले आज भृकुटीमण्डपमा सभा गर्दै
मंसिर ८
काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आज शनिबार भृकुटीमण्डपमा सभा गर्ने भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी पुनर्गठनको ११औं वर्ष प्रवेशको अवसरमा सभा गर्न लागेको नेकपाले जनाएको छ ।
पार्टीका प्रवक्ता प्रकाण्ड सीका अनुसार सभा दिउँसो १२ बजेदेखि हुनेछ ।

