दुर्गा प्रसाईंलाई पाँच बर्ष कैद सहित साईबर अपराधमा मुद्दा दायर
काठमान्डौ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ विपरितको कसुर गरेको आरोपमा मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँका उपन्यायाधिवक्ता खणिन्द्रराज कटवालले मुद्दा अभियोजन गरेका हुन् ।
‘प्रसाईंविरूद्ध साइबर अपराधमा मुद्दा दायर भएको छ । पाँच वर्ष कैद र एकलाख जरिवाना मागदाबी गरिएको छ।
कटवालले भने, ‘पटकेमा पनि परेकाले डेढी सजाएको मागदाबी गरिएको छ ।
विद्युतीय कारोबार ऐन विपरितको कसुरको मुद्दा अदालतसम्म पुगेपनि प्रसाईंमाथि आपराधिक विश्वासघात र संगठित अपराधको कसुरमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट जाँच भइरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आरोप लगाउँदै अभिव्यक्ति दिएपछि प्रसाईं ४ मंसिरमा भक्तपुरस्थित निवासबाट पक्राउ परेका थिए । मंसिर २६

