Gold
Bangad salyan

दलितको शव भन्दै छिमेकीले उठाउन नमानेपछि ट्याक्टर प्रयोग

फागुन ६

बैतडी – बैतडीका प्रकाश दमाईकी आमा माना दमाईको शव २४ घण्टापछि ट्याक्टरमा राखेर पाटन नगरपालिका–६ सुर्नयागाडको तिपडा घाट पुर्याइएको छ।

६१ वर्षकी मानाको शनिवार मृत्यु भएको थियो, तर छिमेकी कसैले मलामी जान नमानेपछि आफन्तले शवको दाहसंस्कारका लागि ट्याक्टर प्रयोग गरेका छन्।

लगभग २५० किलोमिटर टाढा कञ्चनपुरको महेन्द्रनगर, दोधारा चाँदनी र पाटन–६ बाट आफन्त आएर दाहसंस्कार गरेका हुन्।

सिगास–१ अङडेगाडा गाउँमा करिब तीन सय जनाको बासोबास छ र दमाई समुदायको परिवार एक्लो भएको कारण अन्य स्थानीयले मलामी जान मानेनन्।