Gold
Bangad salyan

कृषिप्रधान देशले भारतबात चामल आयात गर्दै

२९ साउन, ।

नेपाल एक कृषि प्रधान मुलुक भनिएता पनि यहा चामलको परनिर्भरता बढ्दो छ । रुपन्देहीको बेलहिया नाकाबाट आयात हुने चामलको तथ्यांक मात्रै हेर्ने हो भने पनि हामी भारतीय भातमा कति धेरै भर पर्न थालेछौं भन्ने कुरा छर्लङ्ग हुन्छ । चामल मात्र हैन नेपालको हिमाली भागमा प्रशस्तै फल्ने जुनेलो, फापर, जौ र कोदोसमेत विदेशबाटै भित्रिने गरेको छ । मकै पनि भारत बाटै भित्रिने गरेको छ।

अन्य नाका को त कुरै छोडौ आर्थिक वर्ष ०७४/०७५ मा मात्रै बेलहिया नाकाबाट पौने ११ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ।
अघिल्लो वर्ष १० अर्ब ८० करोड ५४ लाख बराबरको खाद्यान्न आयात भएको थियो भने दुई वर्षअघि वर्ष १० अर्ब ६२ करोड ३१ लख ७० हजार बराबरको खाद्यान्न आयात भएको थियो ।
चामल र कनिकामात्रै गतवर्ष एक लाख ९९ हजार ३ सय ३२ मेट्रिक टन आयात भएको छ ।