Gold
Bangad salyan

प्रहरीले फेला पारेको २५ करोड रुपैयाँ कस्को भन्ने अनुसंधान हुँदै

काठमान्डौ – हिजो पैसा सहित फेला परेको ट्रक तीन साता सम्म ग्यरेजमा  राखीएको थियोे । ड्राइभर बस्ने माथी फल्स बटन बनाएर ट्रकमा २५ करोड रुपैयाँ फेला परेको छ।

उक्त पैसा चीन तर्फ लैजान लागेको बताइएपनी पैसा कस्को हो भन्ने भन्ने अनुसंधान शुरु भएको छ। पैसा सुन किन्नको लागि भनेर ट्रकमा पैसा लोड गरेर केरुङ नाकातिर हिडेको प्रहरीको अनुमान छ। यस्तै प्रहरीका अनुसार फेला परेको रकम हाल सम्मकै ठूलो रकम रहेको छ।

हिजो  उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट रकमसहित ना १ ख १६५२ नम्बरको ट्रक फेला पारेको थियो।

चीनतर्फ तस्करी हुँदै गरेको विदेशी मुद्रासहित सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर १ बस्ने ४३ वर्षका फुच्चे भन्ने कुसाङ लामालैइ प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका उनी यो भन्दा पहिले पनि सुन तस्करमा पाँच बर्ष जेल सजाय भोगेर आएका थिए । गल्छीमा उनलाई प्रहरीले सात किलो सुन तस्करमा पक्राउ गरेको थियो। चैत ६