नेपालको इतिहासमा पहिलोपटक पूर्वप्रधानमन्त्रीविरिद्द भ्रष्टाचार मुद्दा दायर
काठमान्डौ – नेपालको इतिहासमा पहिलोपटक पूर्वप्रधानमन्त्रीविरिद्द भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध पतञ्जलीको नाममा गरिएको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो योसँगै उनको सांसद पद पनि निलम्बनमा परेको छ।
यो अख्तियारले पूर्वप्रधानमन्त्रीविरुद्ध दायर गरिएको पहिलो मुद्दा हो। २०६६ माघ १८ मा नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलीलाई काभ्रेमा आयुर्वेदिक विश्वविद्यालय स्थापनाको नाममा ८१५ रोपनी जग्गा हदबन्दी छुटमा किन्न स्वीकृति दिएको थियो।
तर पतञ्जलीले त्यसभन्दा बढी जग्गा किनेर, ३५३ रोपनी १५ आना जमिन अन्यत्र बिक्री गरेको थियो, जुन विद्यमान भूमिसम्बन्धी कानुनविपरीत ठहरिएको छ। सरकारी छानबिन समितिले यसलाई स्पष्ट दुरुपयोग भनेको थियो।
नेपाल यसअघि पनि बालुवाटारको करिब ३०० रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका थिए । उनी, राजनीतिक आवरणभित्र लुकेको शक्तिको गलत प्रयोगको एउटा प्रतीकजस्तै देखिएका छन्।
हिजो मात्रै पनि सुदूरपश्चिमको पूर्व मुख्यमन्त्री उनकै कारिन्दा दीर्घप्रसाद सोडागीलाई अख्तियारले डेढ करोड भन्दा बढी रकम हिनामिनामा मुद्दा चलाएको थियो। जेठ २२

