तीन अर्ब भ्रस्टाचार आरोपका काङ्ग्रेस पूर्वमन्त्री विशेष अदालतमा बयान दिदै
काठमान्डौ -भ्रष्टाचार मुद्दा लागेका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन्।
उनको अहिले बयान लिने काम भइरहेको अदालत प्रशासनले जानकारी दिएको छ।उनको बयान विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा भइरहेको छ। बयान सकिएपछि आजै थुनछेक बहस हुनेछ।
सिन्धुपाल्चोकका निर्वाचित सांसद समेत रहेका बस्नेतले सञ्चारमन्त्री छँदा पदीय दुरूपयोग गरी ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रूपैयाँबराबरको घोटाला गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जेठ १ गते अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। असार १५

