Gold
Bangad salyan

सल्ला दमार र गाईको दूध सेतो गीतलाई प्रतिबन्ध लगाउन माग

Salyan

काठमान्डौ – राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले तीज लक्षित दुई गीतलाई प्रतिबन्ध लगाउन माग गरेको छ ।

प्रेस विज्ञप्ति जारी गर्दै संस्थाले ती गीतले मौलिक परम्परलाई प्रहार गरेको भन्दै प्रतिबन्धको माग गरेको हो ।

गाई कालो, गाईको दुध सेतो र सल्ला दमारमा बोलका यि दुई गितलाई प्रतिबन्ध लगाएको हो ।

पछिल्ला वर्षमा केही स्वार्थलोलुप कलाकार, युट्युबर तथा व्यवसायिक उत्पादन घरानाले तीजलाई केवल व्यापारिक लाभको माध्यम बनाउँदै सामाजिक मर्यादाविपरीत अश्लील र विकृत गीतसंगीत उत्पादन तथा प्रसारण गरिरहेको र यो निन्दनीय रहेको संस्थाले उल्लेख गरेको छ ।

संस्थाले यस्ता आपत्तिजनक गीत तथा भिडियो निर्माण तथा प्रकाशन गर्नेलाई कार्वाही गर्न सूचना तथा सञ्चार मन्त्रालय, नेपाल प्रहरी साइबर ब्यूरो, कलाकार संगठन लगायतलाई आग्रह गरेको छ ।
यस्तै संस्थाले गृहमन्त्री रमेश लेखेकलाई पनि भेट्ने तयारी गरेको छ।