Gold
Bangad salyan

कैँची सुत्लुक्क खाने बालक अहिले सहि सलामत छन

असार ४

विराटनगर – पेटबाट कैँची निकालेपछि उनको अहिले अवस्था सामन्य रहेको परिवार श्रोतले जनाएको छ।

बिराटनगरको नोबेल अस्पतालका डाक्टरले १५ बर्षका बालकको पेटबाट कैंची निकालेका छन् ।

ती बालकले ढल्किएर टीभी हेर्दै मुखमा कैंची खेलाइरहेको अवस्थामा अचानक घाँटी भित्र छिरेको थियो ।

बालकले कैंची अड्कियो भन्दै कराएपछि हजुरबुबाले निकाल्न खोज्दा कैंची अझै भित्र पसेको थियो ।

अस्पतालमा आइपुग्दा भने कैंची पेटमा पुगिसकेको थियो । नोवेल अस्पतालका चिकित्सकहरुले सफलता पुर्वक बालकको पेटबाट कैँची निकालेका हुन।