भारतको प्रतिष्ठित ‘म्याट्रिक्स फाइटमा नेपालका रविन्द्र विजयी
साउन १८

काठमान्डौ – भारतको प्रतिष्ठित ‘म्याट्रिक्स फाइट नाइट’ मा नेपालका रविन्द्र डाँटले जित हासिल गरेका छन । उनले चुंगरेङ कोरेन भारतीय एमएमए लडाकुलाई पराजित गरेका हुन ।
सुदुरपश्चिम बझाङका रविन्द्रले ऐतिहासिक जित हासिल गर्दै बान्टमवेट च्याम्पियनको उपाधि जितेका हुन।
२७ वर्षीय कोरेन ५ फिट ८ इन्च उचाइका छन् र एसिया प्रशान्त क्षेत्रमा #२६५ औं स्थानमा छन्। उनी दक्षिण एसियाको उप-क्षेत्रमा पनि स्थान प्राप्त गरेका फाइटर हुन्।
कोरेनले पछिल्ला ६ एमएमए बाउटहरूमध्ये कम्तिमा २ पटक एसिया प्रशान्त क्षेत्रभित्र लडेका छन्।
उनलाई ब्यान्टमवेट तौल वर्गमा स्थान दिइएको छ, किनभने उनले पछिल्ला दुई लडाइँमा कम्तिमा एकपटक ब्यान्टमवेट तौल वर्गमा प्रतिस्पर्धा गरेका थिए ।
रविन्द्र डाँटसँगको भिडन्तअघि कोरेनले एक अन्तरवार्तामा रविन्द्रको आत्मविश्वास तोड्ने र दिमागमा हा’नेर उनलाई सजिलै पराजित गर्ने दाबी गरेका थिए। तर आजको खेलमा उनी रविन्द्रसँग पराजित भए।

