Gold
Bangad salyan

गोरखाबाट नारायणगढका लागि छुटेको बस मर्स्याङ्दी नदिमा खस्यो

साउन १८

गोरखा – चितवबाट  गोरखा आउँदै गरेको बस मर्स्याङदि नदिमा खसेको छ।

गोरखाबाट नारायणगढका लागि छुटेको ग२ख १०७७ नम्बरको मुग्लिङ–पोखरा सडकखण्डको ऐनापहराबाट अनियन्त्रित भई मर्याङ्दी नदीमा खसेको हो ।

तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार घटनास्थलबाट दुई जनाको उद्धार गरिएको छ ।

बस मर्‍याङ्दी नदी किनारामा उत्तानो परेको अवस्थामा रहेको र थप यात्रुहरू पनि छन् कि भनेर खोजी जारी रहेको छ । बसमा कति यात्री सवार थिए भने यकिन भइसकेको छैन ।