Gold
Bangad salyan

कोरियोग्राफर धुर्ब थापा, मेरो जन्मदिनको केक स्पेशल कसलाई हो लाईभमा भन्छु ,,

भदौ १० , काठमाण्डौ – चर्चित कोरियोग्राफर धुर्ब थापामगर को आज जन्मदिन परेको छ। एक दशक देखि कलाकारिता क्षेत्रमा लागेर नाम कमाउन सफल थापाले आज एक कार्यक्रमको आयोजना समेत गरेका छन् ।बसुन्धराको 4s मेडिया अफिसमा सबैलाई निम्तो गरि मनोरंजन गराउने उनले बताए। विभिन्न गीत संगीतको सम्पूर्ण म्यानेजमेन्ट समेत थापाले गर्ने गरेका छन् ।

थापाले लोक दोहोरि , आधुनिक मात्र नभई फ्लिमको गीतमा समेत कोरियोग्राफर म्यानेजमेन्ट गर्ने गरेका छन् ।थापाले स्पेशल केक कसलाई हो भन्दा भने ठट्यौली पारामा नाम लिन चाहन्न भनेर जवाफ दिएका छन्। उनले कति वर्षको जन्मदिन मनाउन हो त्यो भने लाईभमा बताउने भएका छन् । थापा मगरलाई जन्मदिनको अबसरमा सुस्वास्थ्य,दिर्घायु र उत्तराेत्तर प्रगतिकाे कामना सहित अशेष अशेष शुभकामना ।