Gold
Bangad salyan

डोल्पामा सेना जवानले मदिरा सेवन गरि गरे युवामाथि निर्घात कुटपिट

पुस ३

डोल्पा – डोल्पा जिल्ला ठुलिभेरी नगरपालिका- ३ मा पर्ने शे-फाेक्सुण्डाे राष्ट्रिय निकुञ्ज अन्तरगत नेपाल आर्मीकाे चेकपाेइन्ट सुलिगाड स्थित एक नेपाली सेनाका जवानले मादक पदार्थ सेवन गरि दादागिरी शैलिमा कुटपिट गर्दा एक जना युवा घाइते भएका छन।

यहीँ पुस ३ गते बेलुकी साढे ६ बजे तिर संग्राम सार्दुल गुल्म सुलिगाडमा कार्यरत सुरज भनिने जवानले ठुली भेरी नगरपालिका-६ बस्ने ओम प्रसाद रोकायालाई हिजो  सुलिगाड चेकपोष्टमा गाडि चेक गराइ रहेको अवस्थामा उनले कुटपिट गरेका हुन।

सेना जवान सुरज दुनैबाट मधिरा सेवन गरी गएको र विना कारण  गाडिबाट वाहिर निकाली उनिमाथि  कुटपिट गरेका हुन।

कुटपिटबाट रोकायाको दाया घुडा हात र वंगारामा  चोटपटक लागेको छ। जिल्ला अस्पताल डोल्पामा चेकजाच गराई  रिफर गरि जिल्ला वाहिर जानु पर्ने भनिएकोले निजले दिएको धाक धम्कि अनुसार मलाई मार्न सक्ने उपचार तथा सुरक्षा गरि पाउ भनी पिडित राेकायाले जिल्ला प्रहरी कार्यालय डाेल्पामा निवेदन दिएका छन।

उनले अत्यन्तै छाडा, असंयमित र गैरजिम्मेवार भासा बोलेको भिडियो सार्वजनिक भएको छ। भिडियो र फोटो फोक्सुन्डो खवरले सार्वजनिक गरेको छ।