जोडि परेवा गाउने कलौटेको निधन एक्लो भैईन मुसि
पुष १२

दाङ – सारंगी बजाएर अनौठो हाउभाउसहित गीत गाएर चर्चामा आएका दाङका कलौटे गन्धर्वको नि’धन भएको छ।
६३ वर्षको उमेरमा उनको नि’धन भएको हो। पाँच वर्षअघि श्रीमती मुसीसँगै गीत गाएको भिडियो सार्वजनिक भएपछि उनीहरूको परिवार नै मिडियामा छाएको थियो।
उनका दुई छोरा पनि गीत गाउँछन् र उनीहरूले केही गीतहरूमा स्वरसमेत दिइसकेका छन्। गाउँमै बसेर गन्धर्व संस्कृति र परम्परालाई निरन्तरता दिँदै आएका कलौटेको अक स्मात् नि’धन भएको हो।

