दुई बर्ष पहिले त्रिशुलीमा हराएको बसको टुक्रा भेटियो ४० जना अझै वेपत्ता
पुष २७
काठमान्डौ – चितवनको भरतपुर महानगरपालिका -२९ स्थित सिमलताल नजिकै बसको टुक्रा भेटिएको छ । सिमलतान नजिकै तनहुँ तर्फको बगरमा निलो रंगको बसको टुक्रा भेटिएपछि त्यसतर्फ प्रहरी परिचालन गरिएको छ ।
उक्त बसको भाग २०८१ असार २८ मा त्रिशूलीमा बेपत्ता दुई वटा डिलक्स बसको भाग भएको आशंका गरिएको छ । प्रहरी पठाएर त्यसबारे यकिन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
बालुवामा पुरिएको अवस्थामा अवशेष भेटिएकोले जसले ध्यानकेन्द्रित गरिरहेको छ । गत वर्ष त्रिशूलीमा खसेर दुई वटा डिलक्स बस हराएको थियो । बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेको थियो । बसमा सवार २५ जनाको शव भेटिएको थियो भने, ४० जना बेपत्ता भएका थिए ।

