Gold
Bangad salyan

गगन थापालाई कांग्रेसको आधिकारिक सभापतिको मान्यता देउवाको निद्रा हराम

काठमान्डौ – निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएपछि निर्वाचन आयोग देउवा पक्षले घेरेको छ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै आयोगले थापा पक्षलाई मान्यता दिने निर्णय गरेको छ।

यो पछि देउवा पक्षले आयोग घेरेर आन्दोलन सुरु गरेका छन। गगन थापालाई सभापतिको मान्यता दिएपछी पुराना लोकतान्त्रिक नेताहरुको राजनितिक यात्रामा विश्राम जस्तै लागेको छ।

पाँच पटक सम्म प्रधानमन्त्री भएका र लोकतान्त्रिक बहुदल पन्चायतसंग लडेर आएका देउवा हाल सम्म काङ्ग्रेस सभापति रहेका थिए ।

पार्टीका महामन्त्री गगन थापाले विशेष महाधिवेश गरेका थिए । निर्वाचित थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिँदै आयोगले यस्तो निर्णय गरेको हो।

थापासहितका नवनिर्वाचित पदाधिकारी बिहीबार मात्रै राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम दलको विवरण अद्यावधिक गर्न माग गर्दै आयोग पुगेका थिए।  माघ ३