Gold
Bangad salyan

दुर्गा प्रसाईं फेरी पक्राउ

माघ २३

Salyan

काठमाडौं – नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं फेरी पक्राउ परेका छन् ।काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट शुक्रबार प्रसाईं पक्राउ परेका हुन् ।

निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले प्रहरीको साइबर ब्युरोलाई पत्र पठाएको थियो । सोही आधारमा प्रसाईंलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए।

गत ५ माघमा प्रसाईं पोखराबाट पक्राउ परेका थिए ।कांग्रेसको विषेश महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ दिएको विवादित अभिव्यक्ति पछि उनी पोखराबाट पक्राउ परेका थिए ।