भिम रावल झिनो मतले पराजित
काठमान्डौ – प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका नेता भीमबहादुर रावल पराजित भएका छन् ।
अछाम,१ बाट उम्मेदवार बनेका रावल नेपाली कांग्रेसका भरतकुमार स्वारसँग झिनो मतान्तरले पराजित भएका हुन् ।
स्वारले १० हजार ७५९ मत ल्याउँदा रावल १० हजार २३३ मतमा सीमित भए । स्वार र रावलबिच जम्मा ५२६ मतको अन्तर छ ।
अछाममा नेकपा (एमाले(का दीपकबहादुर साउद ७ हजार ३८९ मतसहित तेस्रो बने ।
रास्वाका ओमकप्रकाश रावल भने १ हजार ७३९ मतमै सीमित बने । फागुन २३

