सुर्खेत क्षेत्र न १ मा नेपाली कांग्रेसका बिष्णु खड्का विजयी
सुर्खेत – सुर्खेत क्षेत्र न १ मा नेपाली कांग्रेसका उमेद्वार बिष्णु बहादुर खड्का विजयी भएका छन्। उनी नेकपा एमालेका उम्मेदवार ध्रुव शाहीलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
खड्का २६ हजार ८९७ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी शाहीले १८ हजार ८९० मत पाएका छन् । सुर्खेत–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार टेकबहादुर सिंह ठकुरी १४ हजार ७२९ मतसहित तेस्रो भएका छन् । अहिले सुर्खेतमा विजयी जुलुसको तयारि गरिएको छ।फागुन २३

