रुकुम पश्चिम्मा दुई बालिका मृत अवस्थामा फेला
फागुन २६
रुकुम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका -३ भाग्ले नजिकै सानीभेरी नदिमा दुई किशोरीको शव फेला परेको छ ।
आज बिहान दुई अलग अलग स्थानमा दुई किशोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरि प्रसाद पुनका अनुसार शवको पहिचान समेत भएको छ ।
शवहरु बाँफिकोट गाउँपालिका ३ गरालागोठ निवासी १४ वर्षीया कल्पना ओली र १२ वर्षीया उर्मीला ओलीको रहेको प्रहरी निरीक्षक पुनले जानकारी दिनुभयो ।
भेरी नदि किनारमा तैरिएको अवस्थामा शव फेला परेका हुन् । घटनाको थप विवरण आउन बाँकि रहेको र अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार गाउँको एक विवाहमा गएका उनीहरु वेपता भएको पाईएको छ।

