दैलेखमा काकाबाट बालिका बलात्कृत
फागुन २६
दैलेख – दैलेखको एक गाउँमा १२ वर्षीया बालिका काकाबाट बलात्कृत भएकी छिन् । बलात्कृत बालिका गर्भवती भएको थाहा पाएपछि घटना बाहिर आएको हो ।
आरोपित काकालाई प्रहरीले पक्राउ गरी कानूनी प्रक्रिया थालेको दैलेखका प्रहरी इञ्चार्ज डीएसपी गणेशबहादुर बरालले जानकारी दिए।
माघ १२ गते जोरजुलुम गरी बलात्कार गरेको पीडित बालिकाले बताएकी छिन् । घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
मुलुकी अपराध सहिंता २०७४ को दफा २१९ को उपदफा ३ (ख) अनुसार दोषी ठहर भए १८ देखि २० वर्ष कैद र दफा २२० को उपदफा २ (ग) अनुसार हाडनाताको ३ देखि ६ वर्षसम्म थप कैद हुने कानूनी व्यवस्था छ ।

