रास्वपामा चुनावी मत परिणाम अस्वाभाविक र जादु छानबिन गर्न प्रचण्डको माग
काठमान्डौ नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गतेको निर्वाचनलाई असामान्य र अस्वाभाविक भनेका छन् । रुकुम पूर्व पुगेर मुसिकोटमा पत्रकारहरुसंग कुरा गर्दै जसको छानबिन समेत गर्न उनले माग गरेका छन्। परिणाम आएको छ कयौ ठाऊमा सुन्दा हेर्दा सहज किसिमले आएको देखिदैन।
कतिपय ठाउँमा स्वयं उम्मेदवारले आफूले हालेको भोट पनि आफूलाई नपरेको कतिपय ठाउँमा जित्दै जित्दैन भनेकाले पनि यति धेरै भोट कसरी आयो उनले भने।
भनेको जस्ता, कतिपय ठाउँमा चाहिँ भोट हाम्रो धेरै पो थियो त कता हरायो भन्या जस्ता रिपोर्टहरू पनि आए, त्यसलाई हामीले समीक्षा गर्दा यो निर्वाचन सामान्य निर्वाचन होइन प्रचण्डले भने। यसको अध्यन र अनुसन्धान गर्न आफ्नो पार्टीको निष्कर्ष रहेको उनले बताए। प्रचण्डले सरकारले गरेको कार्यप्रति भने उनले विरोध गरे।
सुकुमवासीलाई बल प्रयोग गरेर हटाउने, ट्रेड युनियन खारेज, विद्यार्थी सङ्गठनमाथिको प्रहार, अध्यादेश ल्याउने र बोलाइसकेको संसद् बैठक स्थगित गर्ने निर्णय असंवैधानिक रहेको उनले बताए । यस्तै आफ्नो पार्टी मात्र नभएर सिंगो कम्युनिस्ट पार्टी एक र संगठानिक हुनुपर्नेमा असंयोजक प्रचण्डको भनाई छ। सरकारले राम्रो काम गरे समर्थन र नराम्रो काम गरे विरोध गर्ने पनि उनले बताए। वैशाख १७

