Gold
Bangad salyan

बनगाड कुपिण्डे नगरपालिकामा १६ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

सल्यान – जिल्लाको बनगाड कुपिण्डे नगरपालिकामा आज देखि १६ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ। स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नारा सहित जिल्ला खेलकुद विकास समितिको आयोजना र वनगाड कुपिण्डे नगरपालिकाको आर्थिक सहयोगमा यस वनगाड कुपिण्डे नगरपालिकाको निर्माणाधीन रातचौर खेल मैदानमा सुरु भएको छ।

१६ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्री खड्क प्रसाद आचार्यज्यूको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य माननीय रमेश कुमार मल्लज्यूको प्रमुख आतिथ्यता, कर्णाली प्रदेश सभा सदस्य माननीय भिम प्रकश शर्माज्यूको विशिष्ट आतिथ्यतामा उद्घाटन सुभारम्भ भएको छ।

नगरपालिका प्रमुख कर्णबहादुर बुढाथोकीले कार्यक्रममा आफ्नो मन्तब्य राख्दै खेलाडीको लागि आफूले सक्दो सहयोग गर्ने बताए। पालिकामा उनले खेलको लागि मैदान समेत तयार पारे। मानव जीवनमा खेल अत्यावश्यक हुने हुँदा बालबालिकालाई हरेक खेलमा सहभागी बनाउनुपर्ने उनको भनाई ।

 

उक्त प्रतियोगिता आज मिति २०८३ बैशाख २७ गते देखि २९ गते सम्म वनगाड कुपिण्डे नगरपालिकाको खेल मैदा र प्रभाकर माध्यमिक विद्यालयको खेल मैदानमा ३ दिन सम्म संचालन हुने छ।

जिल्ला भित्रका विभिन्न विद्यालयबाट छनोट भएका छात्र तथा छात्रा खेलाडीको टोलीले प्रतियोगितामा सहभागिता जनाउन आएका छन्। कार्यक्रममा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो ,हाई जम्प ,सटपुट लगायत सबै विधामा खेलाडी सहभागी भएका छन् । वैशाख २७