Gold
Bangad salyan

सल्यानको सल्लीबजारमा सिसि क्यामेरा जडान

वैशाख २६

सल्यान – सल्यानको सल्लीबजारमा सिसि क्यामेरा जडान गर्न लागिएको छ। बनगाड कुपिण्डे नगरपालिकाले बजारमा हुने घटना र तिब्र जीवन क्षति सवारी दुर्घटनालाई मध्यनजर गर्दै क्यामेरा जडान गर्न लागेको नगर प्रमुख कर्णबहादुर बुढाथोकिले बताए।

बसपार्क सहित माथिल्लो बजार पुल देवस्थल देखि पोख्रेल मेडिकल सम्म सिसिटिभी क्यामेरा जडान गर्ने मेयर बुढाथोकिले जनाए। क्यामेरा फुल एकसेस कन्ट्रोल ईलाका प्रहरी कार्यालय सल्लीबजारलाई दिईने छ।

पछिल्लो समय बजार बसपार्कमा चोरीका घटना गुनासा आउने गरेको उनले बताए। यस्तै देवस्थल नजिक भेरी नदीमा रहेको पुनमा टिक टक बनाउने र जमघट बढ्ने गरेको जानकारी पछि कुनै अप्रिय घटना नघटोस भन्नको लागि पनि सिसि क्यामेरा जडान गर्न थालिएको मेयर बुढाथोकिले बताए।

यस्तै बीच बजारमा सवारी साधन मालबाहक ट्रक बस भ्यान बाईकहरु तिब्र गतिले चलाउदा घटना घटना सक्ने हुँदा जसको गति नितिक्षण र निगरानी गरिने पनि उनले बताए।