दैलेखमा बाबुले खुर्पा प्रहार गर्दा छोराको ज्यान गयो
जेठ २०
दैलेख – दैलेखको नारायण नगरपालिका–९ सालखर्कमा ७० वर्षीय कबिराज थापाले आफ्नै ४५ वर्षीय छोरा यादव थापाको ह,त्या गरेका छन।
मंगलबार राति करिब ११ बजेको समयमा मादक पदार्थ सेवन गरेका कबिराजले सामान्य विवादका क्रममा खुर्पा प्रहार गर्दा यादव गम्भीर घाइते भएका थिए।
घाइते यादवलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनामा संलग्न कबिराज थापालाई प्रहरीले खुर्पासहित नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

