रोल्पामा गोलि चल्दा एक जनाको मृतु ,,
२४ भदौ, रोल्पा – रोल्पाको सुलीचौरस्थित रेष्टुरेष्टमा आइतबार साँझ गोली चल्दा एक युवकको मृत्यु भएको छ ।रोल्पा नगरपालिका-२ सिमलबाङका २९ वर्षीय रोहित पुनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक लिवाङ नगरसमितिका नेपाल तरुण दलका अध्यक्ष हुन् ।
भर्खरै खुलेको रेष्टप्वाइन्ट रेष्टुरेन्टमा गोली चल्दा पुनको देब्रे छातीमा लागेको थियो । घटना लगतै उनलाई स्वास्थ्य केन्द्र पुर्याउँदा मृत्यु भइसकेको थियो ।गोली चलाएको आरोपमा रोल्पा नगरपालिका-१० धबाङका देववहादुर घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको साथबाट एकथान कटुवा पेस्टोल बरामद भएको छ ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृत्यु हुने पुन रोल्पा नगरापालिकाका तरुण दलका ईन्चार्ज हुन् । प्रशासनका अनुसार रिसबाङका एक युवकको हत्या घटनामा जिल्ला कारागारमा कैदी रहेका पुन सरकारले माफी दिएपछि करिव एक वर्षअघि जेलमुक्त भएका थिए ।