सल्यान बनगाड कुपिण्डे नगरपालिका धाईरेमा बोलेरो दुर्घटना तिन जनाको ज्यान गयो
वैशाख ५
सल्यान – सल्यान बनगाड कुपिण्डे नगरपालिकाको वडा नं. ८ थारादेखि लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको गाडी वडा नं. १० धाइरेमा दुर्घटनामा परेको छ।
उक्त दुर्घटनामा ३ जनाको घटनास्थलमै दुःखद निधन भएको छ भने अन्य १८ जना गम्भीर घाइते भएको जानकारी प्राप्त भएको छ। बनगाड कुपिन्ड़े नगरपालिका विभिन्न वडामा सुचारु भएका कच्ची सडकमा क्षमता भन्दा बढी यात्रु राख्दा दुर्घटना भएको हो।
सडक संजाल जोडीएपछि दैनिक रुपमा स्थ्गनिया बजार आउने र जाने सुविधाको पछि लाग्दा अकालमै ज्यान जाने गरेको समेत देखिएको छ।

