Gold
Bangad salyan

अख्तियार प्रमुखमा नवीन घिमिरे नियुक्त र सपथ ,,,

असोज,४ काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नवीनकुमार घिमिरेले नियुक्त भएका छन् साथै नवनियुक्त प्रमुख आयुक्त घिमिरेले सपथ तथा पदभार ग्रहण गरेका छन् शीतल निवासमा एक समारोहमा बीच उनले प्रधानन्यायाधीशसामू सपथ लिए ।
उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले घिमिरेलार्इ अख्तियारको प्रमुख आयुक्तमा नियुक्त गरिन् ।

घिमिरेको संसदीय सुनुवार्इ, नियुक्ति, सपथ र पदभार ग्रहण एकै दिनमा भएको हो । बिहीबार दिउँसो संसदीय सुनुवार्इ विशेष समितिले घिमिरेसँग सुनुवार्इ गरेपछि सर्वसम्मतले अनुमोदन गरेको थियो ।

उनले भ्रष्टाचारी साना र ठूला नहुने भन्दै सबैलाई कानूनअनुसार कारवाहीको दायरामा ल्याउने बताए । ‘दुई रुपैयाँ भ्रष्टाचार गर्ने पनि भ्रष्टाचारी हो, करोडौँ खाने पनि भ्रष्टाचारी हो । भ्रष्टाचार गर्ने जो कोहीलाई पनि कानूनी दायरामा ल्याउन आयोग प्रतिबद्ध छ’ पदबहालीपछि उनले भने, ‘भ्रष्टाचार एउटा महारोगका रुपमा विकसित भएको छ । यसलाई नियन्त्रणका लागि आयोगले इमान्दार र सकारात्मक पहल गर्नेछु । राज्यका सबै निकायको एकीकृत र समन्वायत्मक प्रयासबाट मात्रै भ्रष्टाचारको पूर्ण नियन्त्रण हुने भन्दै घिमिरेले सहयोगका लागि आग्रह गरे । आफूले कानूनको अधीनमा रहेर भ्रष्टाचार नियन्त्रण, अनुसन्धानको कामलाई अगाडि बढाउने र समाजमा भ्रष्टाचार महारोगका रुपमा फैलिएको छ, त्यसलाई नियन्त्रण गर्न अधिकत्तम प्रयास गर्ने उनको कथन थियो ।

कानूनको सीमाभित्र रहेर इमान्दारीपूर्वक काम गर्ने र सानाठूला सबै खालका भ्रष्टाचारीलाई आयोगले कठोरतापूर्वक कारवाही गर्ने उनको प्रतिबद्धता छ । सामाजिक प्रवृत्तिका रुपमा भ्रष्टाचार संस्थागत हुँदै गएकाले त्यसलाई नियन्त्रणका लागि कानूनी दायरामा रहेर आयोगले काम गर्ने भन्दै उनले सरकारका निकाय, नागरिक समाज, सञ्चारकर्मीबाट पनि आयोगले साथ पाउने विश्वास व्यक्त गरे ।प्रवृत्तिगतरुपमा पनि भ्रष्टाचारका अनेकन रुप देखिएकाले अनुसन्धानका लागि दक्ष जनशक्ति तथा प्रविधिको प्रयोगलाई पनि आफ्नो कार्यकालमा अगाडि बढाउने उनले बताए ।