Gold
Bangad salyan

सिंहदरबार अगाडी प्रदर्शन गृहमन्त्रिको राजिनामा ,सर्वेन्द्र खनाललार्इ बर्खास्त गर्न माग ,,

असोज १८ , काठमाण्डौ – निर्मला पन्तको हत्यारालाई कारबाही गर्न माग गर्दै जुर्मुराएको जुलुस हो यो। सरकारले विभिन्न बाहानामा निर्मला पन्त हत्याका सवुत प्रमाण लुकाउने गरेको छ । केहि महिना अगाडी सरकारले छानबिन समिति गराएर अनुसन्धान थालेको थियो। तर कुनै प्रमाण फेला पार्न सकेन। निर्मालाका आमा बाबु पनि न्यायको खोजीमा काठमान्डौमा भौतारीरहेका छन्। उनीहरुले प्रधानमन्त्री देखि रास्ट्रपातिलाई पनि ज्ञापन पत्र बुझाएका थिए। तर तेस्को कुनै सुनुवाई भएन। यसको जवाफ सरकार पोलिस प्रसासन कसैले दिन सकेन। हत्यारा समाउन यथेसट प्रमाण हरु छन् । तैपनि सरकारले यसको वेवास्ता गरेको छ ।

सजिलै बुज्न सकिन्छ कि यो भित्र सरकारी कुनै ठुलो पदको मान्छेको हात छ। तेही भएर सरकारले पनि खुट्टा पछि सार्यो। तर जो सुकै होस् कारबाही हुन जरुरि छ। निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै सिंहदरबार अगाडी प्रदर्शन गरिएको छ । प्रदर्शन संगै गृह मन्त्रि थापाको राजिनामा माग गरिएको छ । यसैबीच, सिंहदरबारभित्र गृह मन्त्रालयमा नेपाल प्रहरी प्रमुख आईजीपी सर्वेन्द्र खनाललार्इ बर्खास्त गर्न माग गर्दै सत्तारूढ दलकै भातृ संगठन अखिल र अखिल (क्रान्तिकारी) ले गृहमन्त्री थापालार्इ ज्ञापन पत्र बुझाएका छन् । निषेधाज्ञा तोड्दै युवा युवतीहरुले प्रदर्शन गर्न थालेपछि सिंहदरबार दक्षिण गेट नै केहीबेर बन्द गरिएको थियो । ब्यानर प्लेट सहित गेट अगाडी धर्ना दिदै लाचार सरकार , भ्रस्टचारी सरकार , बलात्कारी सरकार जस्ता नाराको आवाज उठेको थियो।