नेपालकै उत्कृष्ट सामुदायिक बिद्यालय जँहा यस्ता छन् सुविधा ,

पुस ८ , काठमान्डौ – नेपालकै सुविधायुक्त र उत्कृष्ट सामुदायिक विद्यालय / कलेज बनेको छ, वागेश्वरी सामुदायिक विद्यालय ।जुन विद्यालय कमलविनायक, भक्तपुरमा अवस्थित छ ।विद्यालयले अत्यधिक सर्वसुलभ सुविधा दिएपछि विद्यार्थीको संख्या बाक्लो भयको छ ।

विद्यालयका आफ़्बै अत्याधुनिक प्रविधिबाट निर्माण चार वटा भन छन् भने पुन अर्को भवनको निर्माण कार्य भईरहेको छ। विद्यालयमा हाल नर्सरीदेखि एमबीएससम्म ४५०० बढी बिद्यार्थी,रहेका छन् भने प्लस टु र स्नातकमा २५० बढीले पत्रकारिता पढ्दै,गरिरहेका छन् ।

आधुनिक प्रविधिलाई मध्यनजर गर्दै आधुनिक इलेक्ट्रिक लाइब्ररी एकैसाथ ३० जनाले अध्ययन गर्नसक्ने छन्, नर्सरीदेखि प्राथमिक तहसम्म विद्यालयले सर्वसुलभ रुपमा विद्यार्थीलाई सुविधा दिँदै आयको छ। भने विद्यालयमा अध्यनरत विभिन्न तहका छात्र छात्राले उत्कृष्ट नतिजा ल्याउदै आएका छन् ।

विद्यालयलाई यस अवस्थामा ल्याई पुर्याउन आदरणीय कृष्णप्रसाद धन्छा, ज्ञानसागर प्रजापति .लगायत सरहरूको बिशेष योगदान रहेको छ ।

फोटो महेन्द्रराज सिंहको सामाजिक संजालबाट ,,