Gold
Bangad salyan

एटिममा जडान सीसी क्यामेरा फुटाएर पैसा चोर्ने पक्राउ ,,

पुस १७ ,ललितपुर – एटिम फुटाएर सीसी क्यामेरा चोरी गर्ने एक झापाका २१ वर्षीय आकाश लिम्बु पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त सातदोबाटोले हरिसिद्धिस्थित नबिल बैंकको एटिएम फुटाउने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो। झापा घर भएका लिम्बु हरिसिद्धि बस्दै आएको सातदोबाटो वृत्तका प्रमुख डीएसपी गौतम मिश्रले जानकारी दिए।

लिम्बुले पुस १० गते राति करिब १० बजे एटिएम काउन्टरमा जडान गरिएको सीसी क्यामरा चोरेका थिए। सीसी क्यामेरा चोरेपछि एटिएम मेसिन फुटाएर पैसा चोरी गर्न लाग्दा अर्को व्यक्तिले देखेपछि उनी भागेका थिए।उनले पैसा भने चोर्न पाएनन ,,

हुलिया मिलेपछि प्रहरीले लिम्बुलाई हरिसिद्धिबाटै पक्राउ गरेको हो। प्रहरीसँगको बयानमा उनले सीसी क्यामेरा चोरी गरेको स्वीकार गरेका छन्। प्रहरीले पाँच दिनको म्याद थप गरी लिम्बुमाथि अनुसन्धान सुरु गरेको छ।