Gold
Bangad salyan

सचिव कुटेने मन्त्रिलाई २४ घन्टे अल्टिमेटम ,,

पुस ३० ,धनुषा – प्रदेशमन्त्रीले सचिव कुटेको विरोधमा कर्मचारीहरु आन्दोलित भएका छन् । सचिवमाथि हातपातको विरोधमा घनुषाका निजामति कर्मचारीहरु सोमबार हातमा कालो पट्टी बाँधेर कार्यकक्षमा उपस्थित भएका थिए।

निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन धनुषाले सोमबार मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापन पत्र बुझाएको छ। ज्ञापन पत्रमा सचिवमाथिको हातपातले कर्मचारीको मनोबल गिराउन काम गरेको कर्मचारी युनियनले बताइएको छ।

घटनाबाट कर्मचारीले असुरक्षा महसुस गरेको भन्दै पूर्ण सुरक्षाको ग्गारेन्टी गराउनु पर्ने माग कर्मचारीको छ । कुटपिटको घटनालाई निश्पक्ष छानबिन गरी दोषीलाई तत्काल कारबाही गर्न कर्मचारी युनियनले माग गरेको छ।

छानबिन गरी २४ घण्टाभित्र सत्यतथ्य सार्वजनिक नगरे विरोधका कार्यक्रमलाई यथावत राख्ने निजामति कर्मचारी आधिकारिक ट्रेड युनियन धनुषाका अध्यक्ष रामबाबु साहले जानकारी बताए ।

प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिव विद्यानाथ झामाथिका आइतबार हातपात गरेका थिए । विद्यानाथ झा हिजोनै अस्पतालमा भर्ना भयका थिए।