Gold
Bangad salyan

निरन्तर ओरालो लागिरहेको सेयर बजार २२ अंकले उक्लियो ,

फागुन ७ ,काठमान्डौ – सेयर बजारमा सोमबार रातिबाट सुधार भयको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गरेपछि निरन्तर ओरालो लागिरहेको सेयर बजारमा सोमबार राति बाट मंगलबार सम्म २२ अंक भन्दा बढीले सुधार देखिएको हो ।

मंगलबार सेयर बजार २२ दशमलव ४४ अंकले बढ्दा नेप्से परिसूचक १ हजार १ हजार १ सय २४ दशमलव ९६ को विन्दुमा उक्लेको छ । दिनभर तीव्र उचारचढाव देखिएको सेयर बजारका सबै समूहहरु बढेर हरियाली देखिएका छन् ।

दिनभर भएका ४ हजार ५ सय ६८ कारोबारबाट १ सय ६७ कम्पनीका ७ लाख १४ हजार ८ सय ७६ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २१ करोड ४५ लाख ८८ हजार ६ सय १९ रुपैयाँ पुगेको छ ।

कारोबार रकमका आधारमा मंगलबार माथिल्लो तामाकोशी जलविद्युत् आयोजना अग्रस्थानमा देखिएको छ । माथिल्लो तामाकोशीको १ करोड २७ लाख ९३ हजार ८ सय ३० रुपैयाँको कारोबार भएको छ ।

यसको मंगलबारको सेयर मूल्य २ सय ३२ रुपैयाँ रहेको छ ।कारोबार रकमका आधारमा दोस्रो स्थानमा नागरिक लगानी कोष देखिएको छ । कोषको ९७ लाख १९ हजार ६ सय ९० रुपैयाँको सेयर कारोबार भएको छ ।

मंगलबार धेरै कमाउनेहरुमा जीवन बीमा कम्पनीका लगानीकर्ताहरु देखिएका छन् । जीवन बीमाको सबैभन्दा धेरै २ सय ५१ दशमलव ७३ अंकले बढेको छ ।

जीवन बीमा पछि निर्जिवन बीमाका लगानीकर्ताहरुले धेरै कमाएका छन् ।यस समूह १ सय ५३ दशमलव ९३ अ.कले बढ्दा फाइनान्स समूहमा भने स्थिर आयको देखिन्छ ।