Gold
Bangad salyan

नेहा कक्कर काठमान्डौ आँउदै ,,

चैत २० , काठमान्डौ – चर्चित भारतीय बलिउड गायिका नेहा कक्कड काठमाण्डौ आउने भएकी छिन् । पारामाउन्ट इन्टरटेन्मेन्ट’को आयोजना हुन गइरहेको दुई कार्यक्रममा नेहाले आफ्नो प्रस्तुती दिनेछिन् ।

नेहाले चैत २७ गते काठमाण्डौको गैरीधारास्थित लस एस्कोबारमा लाइभ प्रस्तुती दिनेछिन् भने २८ गते ठमेलस्थित एलओडीमा प्रस्तुती दिनेछिन् । उनले एक भिडियोमा आफू नेपाल आउन लागेको र दुई ठाउँमा प्रस्तुती दिने बताएकी छिन् ।

भिडियोमा बोल्दै उनले नेपालमा रहनुभएका दर्शक तथा स्रोतालाई उक्त शोमा निमन्त्रणा समेत दिएकि छिन। नेहाले आफू काठमाण्डौ आउन लागेको कुरा इस्टाग्राममा पनि पोस्ट गरेकी छिन् ।

आँख मारे, दिलबर दिलबर, काला चस्मा, लण्डन ठुमकदा’ लगायतका चर्चित गीतहरूमा आवाज दिएकी चर्चित गायिका नेहा कक्कड अहिले निकै चर्चामा छिन।नेहा विभिन्न देशमा अहिले प्रोग्राममा जाने गरेकी छिन ।केहिदिन अगाडी होलिमा पनि नेहा कार्यक्रमको लागि दुवै पुगेकी थीइन ।