Gold
Bangad salyan

यात्राको तेस्रो गीत रिलिज ,,

चलचित्र यात्रामा समावेश तेस्रो गीत डुली, डुली सार्वजनिक गरिएको छ। चैत्रको २९ गतेबाट रिलिज हुन लागेको यो चलचित्रमा सलिनमान बनियाँ, मलिका महत्त, सलोन बस्नेत, प्रेक्षा बज्रचार्य, रेअर राई, जाहन्वी बस्नेत लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा सम्राट शाक्यको कथा, पटकथा र निर्देशन छ । सुशिल पोखरेलको निर्माणमा तयार भएको चलचित्रका प्रस्तुतकर्ता केशव भट्टराई र चिजकुमार श्रेष्ठ हुन् । चलचित्रमा संजय लामाको छायांकन, बनिष शाहको सम्पादन, प्रविण सिंहको कोरियोग्राफी, हिमाल केसीको एक्सन छ ।

मेलिना राइको आवाजमा समावेश यो गीतमा दिभेष उप्रेती र प्रतिक पौडेलको शब्द, कोविड बज्र र प्रतिक पौडेलको संगीत छ ।दुबै आँखा नदेख्ने मलिकाको सांगीतिक कार्यक्रममा यो गीत गाइएको देखाइएको छ ।