Gold
Bangad salyan

रङ्गशाला बन्छ नेपालीको भन्दै आय गायक बद्रि पंगेनी र पूर्णकला बिसी ,,

नेपालमा गौतम बुद्द अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने कार्यमा विभिन्न ठाऊबाट कलाकार हरु जुटीरहेका छन् ।, सबैले मनदेखि सहयोग गरे समृद्द नेपाल निर्माण गर्नसकिने भन्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष, चर्चित गायक बद्रि पंगेनी र पूर्णकला बिसीले गीत गाएका छन् ।

गीत गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानको लागि बद्रि पंगेनीले धुर्मुस सुन्तली फाउन्डेसनलाई उपहार स्वरुप दिएको धुर्मुस सिताराक कट्टेलले जानकारी गरेका छन्।

जुन गीतमा दुर्गा पंगेनीको शब्द रचना छ। सुदिप बरालको छायांकन लाई शंकर बिसीले निर्देशन गरेका हुन् । सरकारले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्यको लागि धुर्मुस सुन्तली फाउन्डेसनले जीमा दिएको छ। जसको लागि ठुलो धनराशी आवश्यक छ ।

जसको निर्माणको लागि कलाकार धुर्मुस सुन्तली फाउन्डेसन रकम संकलनको लागि देश देखि विदेश सम्म विभिन्न कार्यक्रम गर्दै जुटिरहेको छ ।उक्त कार्यको लागि ग्राउण्ड निर्माणको कामपनि सुरु भईरहेको छ।

‘धुर्मुस सुन्तली भोलि २६ तारिक दुवै जाँदै छन् ,दुबईमा ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणको सहयोगार्थको लागि चितवन समाज दुबईको संयोजनमा आयोजना हुनलागेको कार्यकर्ममा सभागी हुन उनीहरु दुवै जानलागेका हुन्।

, सरकारले गर्नपर्ने काम ब्याक्तिले गर्नु हुन्न भन्दै कतिपय ब्याक्तिहरुले विरोध पनि गरेका थिय तर धेरैले भने सहमति जनाएका छन्। केहि दिन आगाडी मात्र कलाकारहरु एक्जुट भयर रंगशालामा क्रीकेट पनि खेलका थिय ।