Gold
Bangad salyan

के तपाईसंग कुनै प्रतिभा छन् आउनुहोस सहभागी भई ७० लाख सम्म जित्नुहोस ,,

यदि तपाई संग कुनै प्रतिभा भएरपनि प्रस्तुत गर्नसक्नु भयको छैन भने आउनुस नेपाल हिरो अफ ट्यालेन्टमा सहभागी भई ठुलो धनराशी पुरस्कार जित्नहोस् ।

,नेपालमा विभिन्न ट्यालेन्ट शो हरु भईरहेको बेला नेपाल हिरो अफ ट्यालेन्ट’ले आफ्ना प्रतिभाहरुलाई प्रस्टित्फुट गर्न सहयोग गर्ने छ ।यो शोमा आफुले जानेका गाउने, नाच्ने , जादु देखाउने, बिट बक्सिङ (मुखले बाजा बजाउने) लाई स्थान दिइनेछ ।

उक्त शोमा जुनसुकै उमेरसमूहका ब्याक्ति सहभागी हुनसक्ने मार्केटिङ डाइरेक्टर समीर लामा तामाङले बताए ।यो ट्यालेन्ट सो को निर्णायकमा गायक आनन्द कार्की, संगीतकार ओमप्रकाश राई, नायिका तथा नृत्याङ्गना एलिना बास्कोटा रहेका छन् ।

२०७५ चैत २५ गते झापाको बिर्तामोडबाट सुरु भएको यसको अडिसन अहिले पश्चिम नेपालका शहरहरुमा भइरहेको र जेठको २६ गते घोराहीमा सकिनेछ । पोखरामा वैशाख २८ र २९ गते हुँदैछ भने काठमाडौंमा जेठको ५, ६ र ७ गते अडिसन हुँदैछ ।

उत्कृष्ट २० प्रतिभा छनोट भएपछि भने दर्शकले गरेको भोटका आधारमा उनीहरु अघि बढ्नेछन् ट्यालेनेन्ट शोको विजेताले ७० लाख, दोस्रो हुनेले २० लाख र तेस्रोले १० लाख पाउनेछन् ।

उत्कृष्ट १० जनाले विश्वभ्रमण र आफूले चाहेजति गीत रेकर्ड गराउन सक्नेछन् । लुकेर बसेका प्रतिभालाई बाहिर निकाल्न छम छमि सिजन , नेपाल आईडल ,द भ्वाईस अफ नेपाल जस्ता ट्यालेन्ट शो नेपालमा शुरु भईसकेका छन्।