Gold
Bangad salyan

अनुष्का भन्छिन अब मलाई कुनैपनि स्क्रिप्टको कथा नसुनाउनु ,,

नायिका अनुष्का शर्माले चलचित्र जिरो असफल भएपछि अहिले कुनै पनि चलचित्रमा काम नगर्ने बताएकि छिन ।अनुष्काले हाल कुनैपनि चलचित्रमा साईन नगर्नुको कारणपनि हालै एक अन्तर्वार्तामा बताएकि हुन् ।

यो फैसला मैले सोचेर नै लिएकी हुँ । म चलचित्र ‘जिरो’पछि केही समय ब्रेक लिन चाहन्थेँ । मैले बिहेपछि ‘सुई धागा र जिरो’मा लगातार काम गरेँ । जब मसँग समय हुन्थ्यो, त्यो समयमा मात्र म विराट कोहलीसँग भेट गर्थेँ ।

अनुष्काले भनेकी छिन् मलाई लाग्यो कि अब मैले ब्रेक लिनुपर्छ । मैले मेरो टीमसँग पनि भनेको थिएँ कि, मलाई केही महिना कुनै पनि चलचित्रको कथा पनि नसुनाउनु ।

किनकी, मलाई कुनै चलचित्रको स्क्रिप्ट पनि पढ्न मन थिएनँ । उनले गाडी भनिन तेती मात्र नभई अनुष्का भन्छिन हामी आफैसँग सधै नै झुठ बोलिरहेका हुन्छौ । मानिसहरुले त किन चलचित्रमा काम नगरेको भनेर सधै नै सोधिरहन्छन् ।

तर, हामी वास्तविक कुरा नभनेर उनीहरुसँग होइन कि आफैसँग झुठ बोलिरहेका हुन्छौ ।एक क्रियटिव मानिसका लागि कामबाट ब्रेक लिन आवश्यक रहेको अनुश्काले सुनाईन यसर्थ उनि अझै पनि कुनै नया चलचित्रको बारेमा काम नगर्ने मुडमा देखिन्छिन ,