Gold
Bangad salyan

चलचित्र ‘म’ बन्दै ,,

चलचित्र, म, बन्ने भएको छ ।कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुतिमा बन्न लागेको चलचित्रले मले समाज भित्रकै कथालाई प्रस्तुत गर्नलागेको निर्देशक परिच्छेद सेनले जानकारी गरे।

चलचित्रमा विशेष गरि निर्देशकदेखि मुख्य कलाकारसम्म कान्तिपुर फिल्म एकेडेमीमै अध्यन गरेका विद्यार्थी हुनेछन । कान्तिपुर फिल्म एकेडेमीले विगत केही बर्षदेखि चलचित्रका विभिन्न बिषयमा अध्यापन गराउँदै आएको छ ।

उक्त विषयमानै चलचित्र बन्न लागेको चलचित्रका निर्देशक परिच्छेद सेनले बताए ।तेसै गरि चलचित्रमा जम्मा यौटा मात्र गित समावेश हुने छ। सो गितलाई जेतेन लेप्चाले तयार गर्ने छन् भने चलचित्रमा तेन्जिन पाल्देनको छायांकन रहनेछ ।

हरेक ब्याक्तिमा ,म, भन्ने शब्द आउछ। म भन्ने को हो ? भन्ने ब्याक्तिको कुरालाई यो चलचित्रले प्रस्ट पार्ने छ।

कान्तिपुर फिल्म एकेडेमीका सीइओ प्रकाश पुरीका अनुसार चलचित्रमा विजय लामा, सरिता लामिछाने, रेवती क्षेत्री, अनिल कँडेल, सन्जोग रसाइली, कुसुम गुरुङ, रेविका गुरुङको मुख्य भूमिका रहनेछ भने बाल कलाकारमा उनव श्रेष्ठ र सम्पन्न ढकालले काम गर्दैछन् ।